पर्शुराम काफ्ले
स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई औपचारिकता दिएर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नयाँ दिल्लीमा उच्च सम्मान पाएकी छन् । कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारका तर्फबाट पहिलोपटक भारतीय नेतृत्वसँग उच्चस्तरमा वार्ता गरेको हो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्री र नेपालका लागि राजदूतसमेत राखेको बैठकमा परराष्ट्रमन्त्री राणासँग दुईजना सहसचिब र एकजना उपसचिबस्तरका नेपाली अधिकारीमात्रै हुनुले नेपालको आंकलन र उपस्थिति कमजोर देखिएको छ ।
प्रधानमन्त्री भएपछि नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीमध्ये यो स्तरको महत्व पाउनेमा कमल थापापछि उनी दोश्रो परराष्ट्रमन्त्री हुन् । तर जुन स्तरको भ्रमण भारतले परराष्ट्रमन्त्री राणालाई प्रदान ग¥यो, नेपालको तयारी र उपस्थिति कमजोर देखिएको छ । नेपाल सरकारले शुरुदेखि नै कमजोर आंकलन गरेको भ्रमण अनपेक्षितरुपमा उच्चस्तरीय भयो तर कमजोर तयारी र उपस्थिति देखिएको छ । परराष्ट्रमन्त्री राणाले नेपालमा पूर्वपरराष्ट्रमन्त्री, पूर्व राजदूतहरु, पूर्व परराष्ट्रसचिबहरुसँग भेटेर सुझाब लिने चलन दोहो¥याइनन् ।
ओलीकै कमजोर आंकलन, भ्रमणदलको नाम काटे
परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले त्यति महत्व दिएका थिएनन् । उनले शुरुमा मोदीसँग राणाको शिष्टाचार भेट हुने आंकलन गरेका थिएनन् । श्रोतका अुनसार अघिल्लो विहीवार मन्त्रीपरिषद् बैठकमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणसम्बन्धी एजेन्डामा छलफलका क्रममा प्रधानमन्त्रीले भ्रमण टोलीकै संख्या काटेका थिए ।
परराष्ट्रमन्त्री राणाले आफूसहित ६ जनाको प्रतिनिधिमण्डल प्रस्ताब गरेकी थिइन् । तर ओलीले दुई जना मात्रै जाँदा पुग्ने भनेका थिए । ‘तपाइँ स्वास्थ्योपचारका लागि जाँदै हुनुहुन्छ । विदेशमन्त्रीसँग औपचारिकताका लागि भेट होला, एकजना डिभिजन प्रमुख लैजानुस्, बाँकी दिल्लीमा रहेका कर्मचारीहरुलाई सहभागी गराउँदा भैहाल्छ’ ओलीले बैठकमा भनेका थिए, ‘धेरै प्रतिनिधिमण्डल लिएर जानु मितव्ययिता र तपाईँको भ्रमणको उद्देश्यका सन्दर्भमा पनि उपयुक्त हुँदैन ।’ परराष्ट्रमन्त्री राणाले सहसचिब भृगु ढुंगाना र निजि सचिब सिर्जना अधिकारीलाई लैजाने प्रस्ताब गरिन्, ओलीले स्वकिृति दिए । निजि सचिबालयका एकजना र परराष्ट्रको दक्षीण एशीया डिभिजनका दुईजना कर्मचारीको नाम प्रधानमन्त्रीले काटेका थिए । परराष्ट्रमन्त्री राणाले पिए चाहिन्छ भनेपछि उनकी निजि सचिब सिर्जना अधिकारीको नाम थपिएको थियो ।
‘नाम काटिएका तीनजना उपस्थिति हुनु वा नहुनुको धेरै महत्व थिएन तर आइतवार अपरान्ह मोदीसँग भोलिपल्ट भेट सुनिश्चित भएपछि परराष्ट्रसचिब सेवा लम्साललाई प्रधानमन्त्रीले पठाउनुपथ्र्यो अथवा परराष्ट्र सचिब आफैँले चासो लिनुपथ्र्यो’ एकजना पूर्व परराष्ट्रसचिबले भने, ‘जसरी नेपालबाट भारतीय राजदुत दिल्ली पुगे, त्यसै गरी परराष्ट्रसचिब पठाउन सकेको भए राम्रो हुन्थ्यो ।’ यद्यपि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक वा प्रधानमन्त्री वा राष्ट्रप्रमुखहरुको औपचारिक÷राजकीय भ्रमणमा मात्रै परराष्ट्रसचिब सहभागी हुने प्रचलन रहँदै आएको छ । यस्ता भ्रमणमा परिस्थितिको आंकलन गरेर निर्णय लिनुपर्नेमा सरकार चुकेको उनको भनाई छ ।
मोदी निवासमा भेट, भारतबाट हेभिवेट, नेपालबाट सहसचिब र उपसचिब
परराष्ट्रमन्त्री राणाले सोमवार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साढे सात बजे सात लोक कल्याणमार्गमा भेटेकी थिइन् । शिष्टाचार भनिए पनि शिष्टाचारमा मात्रै भेट सीमित थिएन किनभने मोदीसँग रहेका उच्च पदाधिकारीहरु थिए जो नेपाल पक्षले अपेक्षा गरेको थिएन ।
मोदीसँग राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा एस जयशंकर, प्रधानमन्त्रीका निजि सचिब पिके मिश्रदेखि विदेश सचिब विक्रम मिश्री र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तब उक्त भेटमा थिए । तर नेपाल पक्षमा परराष्ट्रमन्त्री राणासँग मध्यमस्तरीय अधिकारी सहभागी थिए । नेपालबाट सहसचिबस्तरका दुईजना (दक्षिण एशिया महाशाखाका प्रमख भृगु ढुंगाना, कार्यवाहक राजदूत डा सुरेन्द्र थापा) र उपसचिबस्तरकी नेपाली राजदुताबासकी मिनिस्टर काउन्सिलर दुरपदा सापकोटा सहभागी थिइन् ।
उच्च सरकारी श्रोतका अुनसार परराष्ट्रमन्त्री राणा स्वयंलाई पनि जाने दिनसम्म उच्चस्तरीय भेटवार्ता हुने अपेक्षा थिएन । ‘मोदीसँग भेट हुने सम्भावना छ भन्ने सन्देश दिल्लीबाट आएको थियो तर होला कि नहोला भन्ने यकिन थिएन’ एक कूटनीतिक अधिकारीले भने, ‘आइतवार परराष्ट्रमन्त्री दिल्ली पुगेपछि अपरान्ह मात्रै मोदीसँगको समय तय भयो । नेपाली राजदुताबासले आइतवार साँझ विज्ञप्ति जारी गरेर मोदीसँग भोलिपल्ट शिष्टाचार भेट हुने सार्वजनिक ग¥यो ।’ मोदीसँग समय तय भएपछि भारत सरकारले नेपालका लागि राजदूत नविन श्रीबास्तबलाई दिल्ली बोलायो ।
‘स्वास्थ्य उपचारका लागि जान लागेकी परराष्ट्रमन्त्रीको भ्रमण औपचारिक बनाइनु, प्रधानमन्त्री मोदीसँग भेटघाट तय गरिनु र राजदूतलाई दिल्ली बोलाउनुको अर्थ नेपालले आंकलन गर्न सकेन’ एक कूटनीतिक अधिकारीले भने ।
जो भारत गएनन्, जसले मोदी भेटेनन्
लगानी सममेलनका लागि निमन्त्रणा गर्न २०७२ सालमा दिल्ली गएका तत्कालिन अर्थमन्त्री डा रामशरण महतले प्रधानमन्त्री मोदी भेट्न एक दिन कुर्नु परेको थियो । चुच्चे नक्सा जारी भएपछि भारतमा भएको नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पनि मोदीसँग भेट हुन सकेन । २०७३ सालमा प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रुपमा दिल्ली गएका तत्कालिन उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले मोदीसँग शिष्टाचार भेट गरेका थिए । मोदी प्रधानमन्त्री भएको दश बर्षमा नेपालका परराष्ट्रमन्त्रीहरु महेन्द्रबहादुर पाण्डे, प्रदीप ज्ञवाली, नारायणकाजी श्रेष्ठ, नारायण खड्का, डा विमला राई पौड्याल, रघुवीर महासेठ र एनपि साउदले भारतको औपचारिक भ्रमण गर्ने अबसर प्राप्त गरेनन् ।
परराष्ट्रमन्त्रीको उपचार शुरु
परराष्ट्रमन्त्री राणाको स्वास्थ्योपचार दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा मंगलवार शुरु भएको छ । यसअघि उनको २०८० चैत १४ मा म्याक्स अस्पतालमा शल्यक्रिया भएको थियो । ‘उपचार शुरु भएको छ’ कार्यवाहक नेपाली राजदूत डा सुरेन्द्र थापाले नयाँ पत्रिकासँग भने । स्वास्थ्योपचारका लागि पायक पर्ने गरी परराष्ट्रमन्त्रीलाई भारत सरकार
ले होटल सेराटनमा बस्ने व्यवस्था मिलाएको छ ।