Posts

पराष्ट्रमन्त्रीलाई भारतको उच्च महत्व, नेपालको कमजोर आंकलन

Image
  पर्शुराम काफ्ले स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई औपचारिकता दिएर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नयाँ दिल्लीमा उच्च सम्मान पाएकी छन् । कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारका तर्फबाट पहिलोपटक भारतीय नेतृत्वसँग उच्चस्तरमा वार्ता गरेको हो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्री र नेपालका लागि राजदूतसमेत राखेको बैठकमा परराष्ट्रमन्त्री राणासँग दुईजना सहसचिब र एकजना उपसचिबस्तरका नेपाली अधिकारीमात्रै हुनुले नेपालको आंकलन र उपस्थिति कमजोर देखिएको छ । प्रधानमन्त्री भएपछि नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीमध्ये यो स्तरको महत्व पाउनेमा कमल थापापछि उनी दोश्रो परराष्ट्रमन्त्री हुन् । तर जुन स्तरको भ्रमण भारतले परराष्ट्रमन्त्री राणालाई प्रदान ग¥यो, नेपालको तयारी र उपस्थिति कमजोर देखिएको छ । नेपाल सरकारले शुरुदेखि नै कमजोर आंकलन गरेको भ्रमण अनपेक्षितरुपमा उच्चस्तरीय भयो तर कमजोर तयारी  र उपस्थिति  देखिएको छ । परराष्ट्रमन्त्री राणाले नेपालमा पूर्वपरराष्ट्रमन्त्री, पूर्व राजदूतहरु, पूर्व परराष्ट्रसचिबहरुसँग